Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

धनुषा-१ मा रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

User Image मेयरसाप डेस्क | २०८२ फागुन १९ गते १४:३७
Image of https://mayorsap.com/storage/photos/shares/dhanusa-rsp-candidate.png

काठमाडौं । धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोर साह कमलको उम्मेदवारी खारेज भएको छ।

मंगलबार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले कमलविरूद्ध उजुरी आएपछि निर्णयका लागि आयोगमा पठाएको बताए।

‘दाबी विरोधको समयमा उजुरी आए, कार्यालयले नै निर्णय गर्ने हो।  उजुरी परेपछि आयोगमा पठाएका थियौं,’ उनले भने, ‘उहाँलाई कालोसूचीमा राखिएको भन्ने विषय हो। त्यस विषयमा हामी आयोगको लिखित निर्णय कुरिरहेका छौं।’

धनुषा-१ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपलटन साह, नेकपाबाट मातृका प्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रहमदेव महतो उम्मेदवार छन् । 


Facebook Comments