कांग्रेसको झन्डाभित्र बेरिएको रकमसहित चालक, गाडी र रकम प्रहरी नियन्त्रणमा
No Author Assigned | २०८२ फागुन १९ गते १६:२५
काठमाडौँ । मङ्गलबार सामाजिक सञ्जालमा कांग्रेसको झण्डाले बेरेर बाँड्न लिएर हिँडेकाे पैसा सशस्त्र प्रहरीले बरामद गरेकाे भिडियो भाइरल भएकाे छ । राजन दाहाल नाम गरेका प्रयोगकर्ताले मुस्ताङको लोघेकर दामोदर कुण्ड गाँउपालिका चराङमा बाँड्न लैजादै गरेको ५ लाख सहित काङ्ग्रेस कार्यकर्ता नियन्त्रणमा भन्दै उक्त भिडिओ शेयर गरेका थिए ।
"लोमान्थाङ-५ का पूर्व वडाध्यक्ष समेत रहेका काङ्ग्रेस कार्यकर्ता नवाङकुङ्गा लामाको ग १ च ६५२४ नम्बरको गाडी बाट ५ लाख रकम, पार्टीको झण्डा सहितका सामाग्री नियन्त्रणमा लिइएको हो," भिडिओ स्रोतको रूपमा पुजा गैरेलाई उद्धृत गर्दै बाेलेकाे सुनिन्छ।
मुस्ताङस्थित सशस्त्र प्रहरीका इन्स्पेक्टर विष्ण पौडेलले मौन अवधिको समयमा मङ्गलबार उक्त गाडी लोमान्थाङतर्फ जाँदै गरेको अवस्थामा चराङ स्थित क्षेत्रीय निर्वाचन सुरक्षा बेसको टोलीले नियन्त्रणमा लिएकाे बताएका छन् ।
उनले बरामद रकम र चालकसहितको गाडी नियन्त्रणमा रहेकाे र थप अनुसन्धानको प्रक्रिया चलिरहेको जानकारी दिएका छन् ।
Facebook Comments