Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

नगदसहित पक्राउ परेका सिरहा-३ का उम्मेदवार यादव छुटे

तीन दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ फागुन २० गते १५:०५
Image of https://mayorsap.com/storage/photos/shares/jasapa_1.png

सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छुटेका छन् ।

जिल्ला मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, तीन दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउनेगरी उनलाई छाडिएको हो । उनी गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित पक्राउ परेका थिए ।

उनीसहित पक्राउ परेका पाँचजनालाई नै छाडिएको उप्रेतीले जानकारी दिए । ‘हामीले सम्पूर्ण कागजातहरू अध्ययन गर्यौं, तत्काललाई ३ दिनभित्र स्पष्टीकरण बुझाउने मौका दिएका छौं,’ उप्रेतीले भने, ‘उहाँहरूले बुझाएको स्पष्टीकरण र प्रमाणहरूको आधारमा थप प्रकृया अगाडि बढ्छ ।’

उनीहरू पाँचै जनालाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन आयोगले निर्देशन दिएको हो । त्यस्तै, बरामद रकम र गाडीसहितका सामाग्री तत्काललाई सिज गरिएको छ ।

प्रदेश २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीबाट राति करिब साढे १२ बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव  र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतो पक्राउ परेका थिए ।


Facebook Comments