रुपन्देहीमा रास्वपा उम्मेदवारमाथि आक्रमण, रास्वपाले गर्यो घोर भत्र्सना
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते ०८:३०
काठमाडौं । देशभर उत्साहका साथ प्रतिनिधिसभा निर्वाचनका लागि मतदान भइरहँदा रुपन्देही क्षेत्र नं। २ मा भने राजनीतिक तनाव बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का उम्मेदवार सुलभ खरेलसहितका नेता–कार्यकर्तामाथि आक्रमण भएको हो । उम्मेदवार खरेलसहितका नेता–कार्यकर्तामाथि भएको आक्रमणको पार्टीले घोर भत्र्सना गरेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा रुपन्देहीको होटल नमोबुद्धमा रास्वपाको निर्वाचन परिचालन समितिको बैठक बसिरहेको अवस्थामा आक्रमण भएको रास्वपाले विज्ञप्ती मार्फत बताएको छ ।
रास्वपा रुपन्देही जिल्ला समितिका अनुसार नेकपा 'एमाले' का जिल्ला उप–सचिव बाबुराम पन्थी र युवा संघका अध्यक्ष कृष्ण कुमालसहितको टोलीले उम्मेदवार खरेल, पूर्व मेयर चित्रबहादुर कार्की र सचिव बाबुराम अर्याललगायतमाथि हातपात गरेको हो ।
रास्वपा जिल्ला सभापति डा। बुद्धिप्रसाद शर्मा र सचिव विष्णु प्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै ‘हारको मानसिकताले अतालिएर’ आक्रमण गरिएको दाबी गरेका छन् । उनीहरूले दोषीमाथि तत्काल कानुनी कारबाही गर्न र मतदानको दिन सुरक्षाको पूर्ण प्रत्याभूति गर्न प्रशासनसँग माग गरेका छन् ।
Facebook Comments