कर्णालीमा शान्तिपूर्ण मतदान सुरू
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते ०९:५७
सुर्खेत । कर्णालीमा बिहानैदेखि मतदान शान्तपुर्ण रुपमा सुरु भएमो छ । विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् ।
पूर्व गृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट ५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिष्पर्धामा छन् ।
नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ ६ को नन्दादेवी मा.वि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली काङ्ग्रेस कालिकोटका उम्मेदवार हर्ष बहादुर बमले कालिकोट पचालझरनामा रहेको पञ्चकालिका मा.वि बाझकोटमा पहिलो मतदान गरे भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण प्रसाद भट्टराईले नरहरिनाथ ३ को गाउँपालिका भवन मतदान केन्द्रमा मतदान गरेका छन् ।
नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व मन्त्री हृदयराम थानीले सुर्खेतको बिरेन्द्रनगर –१ सरस्वती प्रा.वि मतदान केन्द्रबाट पहिलो मतदान गरेका छन् ।
कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले कालिकोटको पचाझरना ९ मा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदान सुरुभए पनि कर्णालीका विभिन्न मतदान केन्द्रहरुका मतदाताहरुको उपस्थिति पातलो देखिएको छ ।
Facebook Comments