बढ्दो तनावका बीच होर्मुज स्ट्रेट पार गर्दै भारत आउँदै तेल र ग्याँस बोकेका जहाज

User Image मेयरसाप डेस्क | २०८२ फागुन ३१ गते ०८:४१
Image of https://mayorsap.com/storage/photos/shares/strait-of-hormuz-jpg.webp

काठमाडौं । अमेरिका–इजरायल र इरान बीच बढ्दो तनावका बीच भारतका दुई जहाज ‘शिवालिक’ र ‘नन्दा देवी’ होर्मुज स्ट्रेट पार गरी भारतका बन्दरगाहतर्फ सुरक्षित रूपमा अघि बढेका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाल का अनुसार यी जहाजमा कुल ९३ हजार मेट्रिक टन तरल पेट्रोलियम ग्यास ९एलपीजी० लोड गरिएको छ।

खाडी क्षेत्रमा भारतका अन्य जहाजहरू स्ट्यान्डबाइ अवस्थामा राखिएका छन् भने भारतले आफ्नो ऊर्जा सुरक्षा सुनिश्चित गर्न सम्बन्धित देशहरूसँग निरन्तर समन्वय गरिरहेको छ।

यसअघि इन्धन बोकेर भारत आउँदै गरेको एक थाई जहाजमा हमला हुँदा ५ भारतीय नागरिकको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता छन्।

घाडी क्षेत्रबाट इन्धन आयातमा समस्या आएपछि भारतमा तेल र ग्याँसको अभाव देखा परेको छ, जसको प्रभाव नेपालमा पनि इन्धन आपूर्तिमा परेको छ।


Facebook Comments