आन्दाेनकारीले माेदीलाइ देखाए नेपालकाे झल्को, भारतमा संसद घेराउ जारी ! दिल्ली तनाबमा, वार्ता असफल, बिजेपीकाे भविष्य अन्धकार ?
मेयरसाप डेस्क
|
२०८३ साउन ३ गते १८:१५
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा संसदको मनसुन अधिवेशन जुन २० अर्थात हिजाे सुरु भएको थियो । तर दुर्भाग्य त्यही दिन कक्राेज जनता पार्टीकाे आब्हानमा भारतकाे जन्तरमन्तरमा जम्मा भएका प्रदर्शनकारीहरुले संसद अगाडि नेपालकै जेनजी आन्दाेलनकाे झल्को दिनेगरी आन्दाेलन सुरु गरे । प्रहरीले लगाएका ब्यारिकेड तोडे । प्रदर्शन उग्र बनाए । तर सरकारले पनि विवेक प्रयोग गरेर बार्ता गर्दै पहिलो दिनको आन्दाेलनलाई बल्लतल्ल राेक्न सफल भयो । तर बार्ता असफल भएको भन्दै तनाव दोस्रो दिन पनि कम हुने संकेत देखिएको छैन। संसद मार्चका क्रममा सोमबार भएको झडपपछि आन्दोलनकारीहरू जन्तर–मन्तरमै फर्किएका छन् र आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेका छन्।
कक्रोच जनता पार्टी अर्थात् CJP का संस्थापक अभिजित दिपकेले राति समर्थकहरूलाई सम्बोधन गर्दै स्पष्ट शब्दमा भने—"हामी आन्दोलनस्थल छाड्दैनौं, हाम्रो संघर्ष जारी रहन्छ।" हिजो हजारौं प्रदर्शनकारी संसद भवनतर्फ अघि बढेका थिए। संसदको मनसुन अधिवेशन सुरु भएकै दिन 'चलो संसद' अभियान घोषणा गरिएकाले सरकारले सुरक्षा अभूतपूर्व रूपमा कडा बनाएको थियो। संसद वरिपरि बहुस्तरीय ब्यारिकेड, अर्धसैनिक बल र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रदर्शनकारीहरूले ब्यारिकेड पार गर्ने प्रयास गरेपछि अश्रुग्यास प्रहार, लाठीचार्ज र भीड नियन्त्रणका अन्य उपाय प्रयोग गरियो।
दिल्ली प्रहरीका अनुसार झडपमा ११८ भन्दा बढी प्रहरी घाइते भएका छन् भने आन्दोलनकारी पक्षले पनि दर्जनौं प्रदर्शनकारी घाइते भएको दाबी गरेको छ। घटनापछि धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइयो र हिंसाका घटनाबारे विभिन्न एफआईआर दर्ता गरेर अनुसन्धान सुरु गरिएको छ। यद्यपि आन्दोलनकारीहरूले आफूहरू शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा बल प्रयोग गरिएको आरोप लगाइरहेका छन्। यस आन्दोलनको केन्द्रमा छ NEET अर्थात् भारतको मेडिकल प्रवेश परीक्षामा भएको भनिएको पेपर लिक विवाद।
देशभरका करिब २० लाखभन्दा बढी विद्यार्थी प्रभावित भएको यो प्रकरणले महिनौंदेखि भारतमा आक्रोश बढाइरहेको छ। आन्दोलनकारीहरूको मुख्य माग भनेको शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, पेपर लिकमा संलग्नमाथि कडा कारबाही र शिक्षा प्रणालीमा व्यापक सुधार थियो।
यसै आन्दोलनसँग जोडिएका अभियन्ता सोनम वाङचुकले केही दिनअघि आमरण अनशन सुरु गरेका थिए। पछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। त्यसपछि आन्दोलनले झन् ठूलो राजनीतिक रूप लिन थालेको हो। संसद बाहिर झडप भइरहँदा संसदभित्र पनि राजनीतिक गतिविधि तीव्र थियो। विपक्षी दलहरूले सरकारको आलोचना गरे भने सरकारले आन्दोलनलाई नियन्त्रणमा राख्ने रणनीति बनाइरहेको थियो।
यसबीच सरकार र आन्दोलनकारीबीच संवादको ढोका पनि खोलियो। कक्रोच जनता पार्टीका प्रतिनिधिहरूले केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डासँग दुई चरणमा भेट गरे। पहिलो भेटमा आफ्ना मागहरू लिखित रूपमा पेश गर्न भनिएको थियो। त्यसपछि आन्दोलनकारीहरूले तीन बुँदे ज्ञापनपत्र बुझाए। तर वार्ताबाट कुनै ठोस सहमति ननिस्किएपछि आन्दोलन जारी राख्ने निर्णय कक्राेज जनता पार्टीले गरेको हाे ।
उता प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलोपटक NEET पेपर लिकबारे कडा टिप्पणी गरेका छन्। हिजो आन्दाेलनले संसद भवन घेर्न थालेपछि संसद भवनबाट मनसुन अधिवेशन छाडेर भागेका माेदीले एनडीए संसदीय दलको बैठकमा पेपर लिकलाई "घोर पाप" भन्दै दोषीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्। सरकारका अनुसार घटनामा संलग्न १३ जनालाई पक्राउ गरिएको छ र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कडा कानुनी कारबाही गरिनेछ।
तर आन्दोलनकारीहरू भने यतिले मात्र नपुग्ने बताइरहेका छन्। उनीहरूको भनाइ छ—यो केवल एउटा परीक्षा होइन, लाखौं युवाको भविष्यसँग जोडिएको विषय हो। जबसम्म जिम्मेवारी तोकिँदैन र राजनीतिक जवाफदेहिता स्थापित हुँदैन, आन्दोलन रोकिने छैन।
यही कारणले जन्तर–मन्तरमा रातभर प्रदर्शन जारी रह्यो। पानी परिरहे पनि प्रदर्शनकारीहरूले अस्थायी मञ्च बनाए, मानव साङ्लो बनाए र आन्दोलन जारी राख्ने उद्घोष गरे।यद्यपि पछिल्लो अपडेटअनुसार, सोमबारको हिंसात्मक झडप दोहोरिन नदिन CJP ले संसदतर्फ फेरि ठूलो मार्च नगरी जन्तर–मन्तर केन्द्रित धर्नालाई निरन्तरता दिने संकेत पनि दिएको छ।
यस आन्दोलनले भारतको राजनीतिमा नयाँ बहस जन्माएको छ। सुरुमा सामाजिक सञ्जालबाट सुरु भएको एउटा व्यंग्यात्मक अभियान अहिले हजारौं युवालाई सडकमा उतार्ने आन्दोलनमा बदलिएको छ। विश्लेषकहरूका अनुसार यो केवल शिक्षा प्रणालीको मुद्दा होइन, युवाको रोजगारी, भविष्य, पारदर्शिता र सरकारी जवाफदेहितासँग जोडिएको असन्तुष्टिको ठूलो अभिव्यक्ति हाे।
सरकार वार्ताबाट समाधान खोजिरहेको देखिन्छ। तर आन्दोलनकारीहरू सडक छोड्न तयार छैनन्। आन्दाेलनमा आन्दाेलनकारीले नेपालकाे जेनजी आन्दाेलनलाई उदृत गर्दै माेदीकै राजीनामा माग्न थालिसकेका छन् । हिजाे साेमबार प्रदर्शनकारीमाथि भएका लाठ्ठी चार्ज र धरपकडले आन्दाेलन अझ उग्र हुने पनि देखाउँछ । तर त्यहाँकाे सरकारले विवेक प्रयोग गर्दै आन्दाेलनमा सकभर कम बल प्रयोग गर्न आदेश पनि दिएको छ । दिल्लीका सडकमा सुरु भएको यो आन्दोलन आगामी दिनमा भारतको राष्ट्रिय राजनीतिमा कति ठूलो मोड बन्ने हो, त्यो भने अबका घटनाक्रमले तय गर्नेछ।
Facebook Comments