राष्ट्रिय स्वाधीनता र कम्युनिस्ट आन्दोलन दुवै संकटमा छ : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८३ साउन ७ गते १५:४४
Image of https://mayorsap.com/storage/photos/shares/photo-30-20d8d8d9.jpg

काठमाडौं । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनता र कम्युनिस्ट आन्दोलन दुवै गम्भीर संकटमा परेको बताएका छन्।

नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता रहेको बताए।

प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने र पुनः देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने समय आएको उल्लेख गरे।

उनले देशमा निरंकुश प्रवृत्ति बढ्दै गएको दाबी गर्दै त्यसविरुद्ध फेरि एकपटक संघर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए।


Facebook Comments