चुच्चे नक्सासहित नयाँ एक रुपैयाँको सिक्का आउँदै
आकाश भैरवको चित्र पनि रहने
मेयरसाप डेस्क
|
२०८३ साउन ७ गते १५:४५
काठमाडौं । सरकारले चुच्चे नक्सा र आकाश भैरवको चित्रसहित नयाँ एक रुपैयाँको सिक्काको डिजाइन तयार गरेको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट स्वीकृत भएको डिजाइन अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ।
यसअघि घार गुम्बाको चित्र समेटिएको प्रस्तावित डिजाइन मन्त्रिपरिषद्ले फिर्ता पठाएको थियो। त्यसपछि परिमार्जन गरी नयाँ डिजाइन तयार गरिएको हो।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नयाँ सिक्कामा नेपालको नक्सा यथावत् रहनेछ भने तौल, आकार र प्रयोग हुने धातुमा परिवर्तन गरिनेछ। हालको मिश्रित धातुको सट्टा स्टिल प्रयोग गर्ने तयारी गरिएको छ, जसले उत्पादन लागत घटाउनुका साथै वातावरणमैत्री पनि हुने बताइएको छ।
सिक्कामा रहने ६४ वटा थोप्ला ६४ योगिनीको प्रतीक मानिने र सिक्कामा प्रयोग गरिएका चित्र तथा चिन्हहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्व रहने राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments