भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

निट पेपर लिक विवाद

User Image मेयरसाप डेस्क | २०८३ साउन ७ गते १५:४६
Image of https://mayorsap.com/storage/photos/shares/dharmendra-pradhan.webp

काठमाडौं । निट पेपर लिक प्रकरणलाई लिएर चर्किएको विवादबीच भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्।

झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरसहित देशका विभिन्न स्थानमा उनको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेको थियो। विपक्षी दलहरूले पनि लगातार उनको राजीनामा माग्दै आएका थिए।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिँदै वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाऊन्, विद्यार्थीहरूको भविष्य प्रभावित नहोस् र उनीहरू पढाइ तथा करियरमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले पद त्यागेको बताएका छन्।


Facebook Comments