अमेरिकी विद्यार्थी भिसामा नियम कडा, अमेरिका जान चाहने विद्यार्थीका लागि ठूलो झट्का

User Image मेयरसाप डेस्क | २०८३ साउन ८ गते १२:४६
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-07-26-124603.png

अमेरिकामा अध्ययन गर्ने सपना देखिरहेका हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीका लागि ठूलो झट्का लागेको छ । अमेरिकी सरकारले विद्यार्थी भिसाको दुरूपयोग रोक्ने र राष्ट्रिय सुरक्षा थप कडा बनाउने भन्दै ‘एफ’ र ‘जे’ श्रेणीका विद्यार्थी भिसामा नयाँ नियम लागू गर्ने घोषणा गरेको छ। सेप्टेम्बर १७ देखि लागू हुने यो व्यवस्था नयाँ विद्यार्थी मात्र होइन, अहिले अमेरिकामा अध्ययन गरिरहेका विद्यार्थीहरूमा पनि लागू हुने बताइएको छ।

यो्सँगै यसअघि अध्ययन कार्यक्रम परिवर्तन गर्दै वा कलेज फेर्दै ८–१० वर्षसम्म विद्यार्थी भिसामै अमेरिका बस्ने अभ्यास अब अन्त्य हुने भएको छ। नयाँ नियमअनुसार अध्ययनका लागि दिइने बसाइँ अवधि चार वर्षभन्दा बढी हुँदैन भने धेरै विद्यार्थीले आफ्नो कोर्सको वास्तविक अवधिअनुसार मात्रै बस्न पाउनेछन्। अझ अध्ययन पूरा भएपछि अमेरिकामा बस्न पाइने समय पनि ६० दिनबाट घटाएर ३० दिनमा सीमित गरिएको छ।

यति मात्र होइन, अब कलेज परिवर्तन गर्न वा एउटै तहमा अर्को कार्यक्रम पढ्न पनि अमेरिकी होमल्यान्ड सेक्युरिटीको स्वीकृति अनिवार्य हुनेछ। स्नातकपछि फेरि अर्को स्नातक वा पटक–पटक कलेज फेरेर बसाइँ लम्ब्याउने अभ्यासमा पनि कडाइ गरिनेछ। यदि पढाइ समयमै पूरा भएन भने समय सकिनुअघि नै उचित कारणसहित अवधि थप्न आवेदन दिनुपर्नेछ। परीक्षा फेल भएकै आधारमा समय थपिने छैन।

 


Facebook Comments