कोप–३१ मा नेपालको नेतृत्व सम्हालेपछि अस्ट्रेलियाका जलवायु मन्त्रीसँग भेट, हिमाली र महासागरका मुद्दालाई प्राथमिकता दिन आग्रह
मेयरसाप डेस्क
|
२०८३ कात्तिक २९ गते १३:३९
काठमाडौं । टर्कीको अन्टाल्यामा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व १४ नोभेम्बरदेखि कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सम्हालेकी छन् ।
नेतृत्व सम्हालेसँगै उनले नेपालको जलवायु प्राथमिकताका विषयलाई अघि बढाउने क्रममा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनसँग औपचारिक भेटवार्ता गरिन् ।
भेटका क्रममा मन्त्री चौधरीले महासागरसम्बन्धी मुद्दालाई कोपको छलफलमा थप महत्त्व दिन, नेपाल, किर्गिस्तान र भुटानको सहकार्यमा हिमाली मुद्दालाई प्राथमिकता दिनुपर्ने विषय कुरा उठाएकी छन् ।
यो मुद्दामा निष्कर्षमा पु¥याउन निरन्तर संवाद र सहकार्य गर्न आग्रह गरिन् । साथै, कोप–३१ को अन्तिम दस्ताबेजमा पनि हिमालसम्बन्धी विषय समावेश गर्नुपर्नेमा जोड दिइन् ।
कोपमा विभिन्न जलवायु मुद्दामाथि छलफलमा माउन्टेन एजेन्डा ओझेलमा पर्न नहुने मन्त्री चौधरीको भनाइ थियो ।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका चुनौतीलाई कोपको छलफल तथा निर्णय प्रक्रियामा उचित प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । साथै, हिमालसम्बन्धी विषयलाई कोप–३१ को अन्तिम मस्यौदा दस्ताबेजमा समावेश गर्नुपर्ने धारणा राखिन् ।
मन्त्री चौधरीले उठाएको यी विषयमा कोप अध्यक्षले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
Facebook Comments