तातोपानी गाउँपालिकाको बजेट खर्च ८१ प्रतिशत
तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा विनियोजित बजेटको चालुतर्फ ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत, पुँजीगततर्फ १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख रुपैयाँ अर्थात् ७९ दशमलव ६६ प्रतिशत खर्च भएको हो ।
Mayorsap
बिही, साउन ३, २०८१ | ०५:४५ बजे
जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ।
तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटको चालुतर्फ ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत, पुँजीगततर्फ १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख रुपैयाँ अर्थात् ७९ दशमलव ६६ प्रतिशत खर्च भएको हो।
पालिकाले २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार रुपैयाँ सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।