मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

धनगढी नगर प्रहरीद्वारा सर्प उद्धारमा सक्रियता

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रको रेखदेखसँगै सर्प उद्धारमा सक्रियता बढाएको छ । सर्प उद्धारसम्बन्धी गतवर्ष तालिम लिएपछि नगर प्रहरीले नगर क्षेत्रबाट सर्पको उद्धार गर्ने कार्यमा सक्रियता बढाएको हो ।

Mayorsap

बुध, साउन ३०, २०८१ | १५:५२ बजे

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रको रेखदेखसँगै सर्प उद्धारमा सक्रियता बढाएको छ । सर्प उद्धारसम्बन्धी गतवर्ष तालिम लिएपछि नगर प्रहरीले नगर क्षेत्रबाट सर्पको उद्धार गर्ने कार्यमा सक्रियता बढाएको हो ।

 

नगरवासीको घरभित्र पसेको वा घर आसपासमा रहेको सर्पको उद्धार गरी नगर प्रहरीले सुरक्षित स्थानमा छोड्ने गरेको छ । नगर प्रहरीको यो सक्रियताले सर्पको टोकाइबाट कैयौं व्यक्ति जोगिएका छन् ।

 

सर्प उद्धारसम्बन्धी तालिम लिएपछि  नगर प्रहरी जुनसुकै बेला पनि सम्बन्धित ठाउँमा पुगेर सर्पको उद्धार गर्ने काम गर्दै आएको नगर प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक पदमबहादुर गैरेले बताए । उकान अनुसार सर्वसाधारण वा जोकोहीले सर्प उद्धारका लागि खबर गरेपछि तुरुन्तै नगर प्रहरी पुगेर सर्पको उद्धार गरी सुरक्षित स्थानमा लगेर छाड्ने गरेको छ ।

 

नगर प्रहरीले गत वर्षदेखि हालसम्म एक हजार २७ सर्पको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये गोमन प्रजातिका कमन कोब्रा ११३, राज गोमन आठ, ब्ल्याक कोब्रा २१० वटा रहेको जनाइएको छ ।

 

यसैगरी, कमन करेत २५, ब्यान्डेट करेत ४८, करेत १८, भाइपर छ, पित भाइपर एक, कोरल स्नेक एक वटा उद्धार गरिएको जनाइएको छ । नगर प्रहरीले अजिङ्गर पाँच वटा, रातो सर्प एक, बगाले सर्प आठ, धामन २७३ वटा र पानी सर्प २२० वटा उद्धार गरेर सुरक्षित स्थानमा छाडेको छ ।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology