मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

कार्य सम्पादनमा हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ । दश स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा धेरे अङ्क ल्याएर हलेसी तुवाचुङ प्रथम भएको हो ।

Mayorsap

शुक्र, भदौ ७, २०८१ | १४:३३ बजे

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा खोटाङ जिल्लाको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका उत्कृष्ट बनेको छ । दश स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा धेरे अङ्क ल्याएर हलेसी तुवाचुङ प्रथम भएको हो । 
 

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिका दोस्रो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण गरी सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङले आर्थिक वर्ष २०७९-८० को संस्थागत क्षमता स्वमूल्याङ्कनमा १०० पूर्णाङ्कमा ८३ अङ्क पाएको हो । 
 

स्थानीय तहको कार्य–प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उदेश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन गरिने मन्त्रालयले जनाएको छ । उक्त स्वमूल्याङ्कनमा हलेसी तुवाचुङ नगरपालिका जिल्लाकै उत्कृष्ट देखिएको हो । उक्त नतिजा अनुसार कोशी प्रदेश भरी हलेसी तुवाचुङ पाँचौँ उत्कृष्ट स्थानीय तहमा रहेको छ ।  
 

नगरपालिकामा सुशासन र पारदर्शितालाई ध्यानमा राखी हरेक काम कानुन र नियम अनुसार सञ्चालन गरिरहेकाले हलेसी तुवाचुङको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा राम्रो आएको मेयर विमला राईले बताइन । अघिल्लो आर्थिक वर्ष २०७८-७९ को तथ्यांक अनुसार पनि हलेसी तुवाचुङ नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा अगाडि थियो । 
 

यस्तै, जिल्लाको अर्को स्थानीय तह दिप्रुङ चुइचुम्मा गाउँपालिका जिल्लाको दोस्रो स्थानमा छ । उसले १०० पूर्णाङ्कमा ८० अङ्क प्राप्त गरेको छ । जिल्लाको दोस्रो स्थानमा रहेको दिप्रुङ प्रदेशभरीमा १४ औँ स्थानमा छ । संस्थागत क्षमता स्वमूल्याङ्कनमा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भने सबैभन्दा कमजोर देखिएको छ। दिक्तेलले १०० पूर्णाङ्कमा ६६ अङ्क पाएको छ । 
 

जिल्लाका अन्य स्थानीय तहहरुमा केपिलासगढी गाउँपालिकाले ७८.२५ अङ्क, साकेला गाउँपालिका ७६.२५ र जन्तेढुङ्गा गाउँपालिका समान ७३.२५ अङ्क, खोटेहाङ गाउँपालिकाले ७१.२५ अङ्क, ऐंसेलुखर्क गाउँपालिकाले ६८.७५ अङ्क, वराहपोखरी गाउँपालिकाले ६८.२५ अङ्क र रावा बेसी गाउँपालिकाले ६७.२५ अङ्क प्राप्त गरेका छन् ।
 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ । शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन,

वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology