मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

हरिवन र लालबन्दी नगरपालिकाका चार पानी उद्योग बन्द

हरिवन नगरपालिका र लालबन्दी नगरपालिकामा रहेका चारवटा पानी उद्योगले प्रदूषित पानी बेच्नेको पाइएपछि बन्द गराइएको छ।

Mayorsap

शुक्र, भदौ १४, २०८१ | ११:४१ बजे

हरिवन नगरपालिका र लालबन्दी नगरपालिकामा रहेका चारवटा पानी उद्योगले प्रदूषित पानी बेच्नेको पाइएपछि बन्द गराइएको छ।

 

बिहीबार दिउँसो खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरले अनुगमन गर्दा ती उद्योगहरूले पानी उद्योगको नवीकरण नगरेको र विभिन्न किसिमका लापरबाही गरेको पाइएपछि तत्काल उत्पादन र बिक्री वितरण बन्द गराइएको हो। खाद्य निरीक्षक प्रवीण तिवारीका अनुसार हरिवन नगरपालिका-४ मा रहेको टाइम्स ड्रिलिङ वार्टर फुड प्रडक्ट प्रा।लि। तीन वर्षदेखि नवीकरण नगरेको र सरसफाइ पनि सन्तोषजनक नभएको पाइएको छ। त्यस्तै, हरिवन नगरपालिका-४ मै रहेको सर्लाही रिफ्रेस ब्रान्डको पानी उत्पादन गर्ने जय हनुमान ड्रिङकिङ वार्टर प्रा।लि।ले छ वर्षदेखि अनुज्ञा पत्र नवीकरण नगरेको पाइएको छ।

 

अनुगमन टोलीले लालबन्दी नगरपालिका(१ मा जुनैद अन्सारीले दर्ता नगरी अखाद्य रङ्ग प्रयोग गरेर कटन क्याण्डी उत्पादन गरिरहेको पाइएपछि उक्त उत्पादन र मेसिन समेत बरामद गरेको छ। यसै गरी, लालबन्दी नगरपालिका(२, जुटपानीमा सिरिस ब्रान्डको पानी उत्पादन गर्ने नेशनल वार्टर प्रा।लि।ले अनुज्ञा पत्र नै देखाउन नसकेपछि उक्त उद्योगलाई बन्द गराइएको छ।

 

अनुगमनका क्रममा उक्त उद्योगमा हातबाटै पानी भर्ने काम गरिएको पाइयो, जुन प्रशोधित पानी उत्पादनमा अस्वीकृत मानिन्छ। जुटपानीमै तृष्णा ब्रान्डको पानी उत्पादन गर्ने शिव पार्वती वार्टर एन्ड बेभरेजले पनि नवीकरण नगरी सञ्चालन गरेको पाइएको छ। बन्द गरिएका सबै पानी उद्योगका पानीको नमुना जनकपुरमा परीक्षणका लागि पठाइएको छ र परीक्षण रिपोर्ट अनुसार कारबाही गरिने खाद्य निरीक्षक तिवारीले जनाएका छन्।

 

हरिवनका पानी उद्योगहरूको लापरबाहीका गुनासाहरू आएपछि जनकपुरबाट अनुगमन टोली आएर यो कारबाही गरेको हो। अनुगमनमा मलङ्गवास्थित डिभिजन कार्यालय, इलाका प्रशासन कार्यालय हरिवन, हरिवन नगरपालिकाका प्रतिनिधि र पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। यसअघि भदौ २ गते हरिवन नगरप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा नगरपालिकाको टोलीले दुईवटा पानी उद्योगको अनुगमन गरेको थियो।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology