मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

काठमाडौँ महानगरपालिकाले ७ सहकारीलाई थप अनुसन्धानका लागि सीआईबीमा पठायो

अनुसन्धानका लागि पठाइएका सहकारीहरूमध्ये ६ वटा बचत तथा ऋण सहकारी र १ वटा बहुउद्देश्यीय सहकारी छन्। बचत तथा ऋण सहकारीमा सुमेरु, स्क्वायर, रुरल डिभपलमेन्ट, सत्कार, महावौद्ध र नमो हारती छन् भने बहुउद्देश्यीयमा आधारभूत सहकारी रहेको छ।

Mayorsap

बिही, भदौ २०, २०८१ | ०९:२५ बजे

काठमाडौँ महानगरपालिकाले ७ वटा सहकारीलाई थप अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाएको छ। महानगरले २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म ४० वटा सहकारीको अनुगमन गर्दा समस्याग्रस्त ठहरिएका सहकारीहरूमाथि थप अनुसन्धान आवश्यक ठानेको हो।

 

अनुसन्धानका लागि पठाइएका सहकारीहरूमध्ये ६ वटा बचत तथा ऋण सहकारी र १ वटा बहुउद्देश्यीय सहकारी छन्। बचत तथा ऋण सहकारीमा सुमेरु, स्क्वायर, रुरल डिभपलमेन्ट, सत्कार, महावौद्ध र नमो हारती छन् भने बहुउद्देश्यीयमा आधारभूत सहकारी रहेको छ।

 

काठमाडौँ महानगरपालिका सहकारी विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार यी सहकारीहरूमा ‘स्वनियमको पालना’, ‘लोकतान्त्रिक नियन्त्रण प्रणाली’, ‘एकाधिकार’, र ‘सिद्धान्तको अनुसरण’जस्ता विषयमा कमजोरी देखिएको छ।

 

अनुगमन प्रतिवेदनका आधारमा ३२ वटा सहकारीलाई स्पष्टिकरण सोधिएकोमा सबैले सफाइ पेस गरेका छन्। प्राप्त पत्रहरूको अध्ययनपछि कारवाही सम्बन्धी निर्णय लिने सहकारी नियमन महाशाखा प्रमुख सुशिल सुवेदीले जानकारी दिए । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology