मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

चीनले सीमा जोडिएका १५ जिल्लामा पूर्वाधार विकासमा सहयोग गर्ने

चीन सरकारले नेपालका सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा पूर्वाधार र क्षमता विकासमा सहयोग प्रदान गर्ने भएको छ।

Mayorsap

शनि, भदौ २२, २०८१ | ०८:४९ बजे

चीन सरकारले नेपालका सीमा जोडिएका १५ जिल्लाका स्थानीय तहमा पूर्वाधार र क्षमता विकासमा सहयोग प्रदान गर्ने भएको छ। प्रोजेक्ट्स एड्स नेपाल परियोजनामार्फत यो सहयोग प्रदान गरिनेछ। परियोजना सञ्चालन गर्न इच्छुक स्थानीय तहले आफूसँग आवश्यक पूर्वाधार र बस्तुगत आयोजनाको विवरण फाराममार्फत पेश गर्नुपर्नेछ।

 

सहयोग प्राप्त गर्न सकिने जिल्ला: दार्चुला, बझाङ, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा, र ताप्लेजुङ। यी १५ जिल्लाका स्थानीय तहहरूले विभिन्न पूर्वाधार विकास आयोजना तथा अन्य आवश्यक बस्तुगत आयोजनाका लागि परियोजना प्रस्ताव गर्न सक्नेछन्।

 

सहयोगका क्षेत्रहरू: पूर्वाधार निर्माण, क्षमता विकास, र परियोजनासम्बन्धी अन्य आवश्यकतामा चीनले सहयोग पुर्‍याउनेछ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, यी जिल्लाका स्थानीय तहहरूले यो अवसरबाट लाभ उठाउँदै चीनको सहयोगमा स्थानिय विकास परियोजनाहरू अघि बढाउन सक्नेछन्।

 

यस्तो छ परियोजना प्रस्ताव 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology