मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई साधारण सभा प्रतिवेदन पेश गर्न निर्देशन

काठमाण्डौं महानगरले सम्बन्धित सहकारी संस्थाहरुलाई सहकारी बिभागमा प्रतिवेदन पेश गर्न आग्रह गर्दै आवश्यक कागजात समयमै उपलब्ध गराउन सूचित गरेको छ।

Mayorsap

सोम, भदौ २४, २०८१ | १४:०२ बजे

काठमाडौँ महानगरपालिकाले आफ्ना क्षेत्रभित्र दर्ता भएका सहकारी संस्थाहरुलाई आफ्नो साधारण सभा सम्पन्न गरी वित्तीय विवरणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

 

सहकारी ऐन २०७४ र वित्तीय संस्थाका कानुनी प्रावधानअनुसार सहकारी संस्थाहरुले वार्षिक साधारण सभा सम्पन्न गरी वित्तीय विवरण महानगरको सहकारी विभागमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ। काठमाण्डौं महानगरले सम्बन्धित सहकारी संस्थाहरुलाई सहकारी बिभागमा प्रतिवेदन पेश गर्न आग्रह गर्दै आवश्यक कागजात समयमै उपलब्ध गराउन सूचित गरेको छ।

 

महानगरले प्रतिवेदन पेश नगर्ने सहकारीलाई नवीकरण प्रक्रियामा समस्या आउन सक्ने भन्दै यस सम्बन्धमा सजग गराएको छ। साथै, सहकारीहरुले सदस्यता विवरण, साधारण सभाको प्रतिवेदन, वित्तीय विवरण र अन्य आवश्यक कागजात महानगरको सहकारी विभागमा अनिवार्य रुपमा पेश गर्नुपर्नेछ।

 

सम्बन्धित सहकारी संस्थाहरुले निर्देशनअनुसार प्रतिवेदन र आवश्यक कागजात प्रस्तुत नगरेमा कानुनी कारवाहीसमेत हुन सक्ने जनाइएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology