मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

नरैनापुर गाउँपालिकामा १ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि

नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन्।

Mayorsap

मंगल, भदौ २५, २०८१ | १४:२८ बजे

बाँकेको नरैनापुर गाउँपालिकामा १ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन्।

 

उनका अनुसार, बालिकाको एक हप्तासम्म अस्पतालको ‘आइसीयू’मा उपचार गरिएको र हालको अवस्था सामान्य रहेको छ। प्रयोगशाला परीक्षणमा जापनिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको जानकारी दिइएको छ।

 

हालसम्म, बालिकाले जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे थाहा छैन। चिकित्सकका अनुसार, सुँगुर र चरामा यो भाइरस पाइन्छ र क्युलेक्स नामक लामखुट्टेले यी जनावरलाई टोकेर मानिसलाई संक्रमण गराउँछ। यस भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने छ। जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्न सक्छ।

 

यसैबीच, भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology