मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

गरिबसँग विश्वेश्वर कार्यक्रम

प्रविधि

विनयी त्रिवेणी गाउँपालिका

मेयरसाप

नरैनापुर गाउँपालिका

भरतपुर महानगरले पुङ्गी खोला अतिक्रमण हटाउँदै, लायन्स भवनमा चल्यो डोजर

बुधबार विहान मेयर रेणु दाहालको उपस्थितिमा महानगरले नारायणगढमा ३ धुरमा बनेको पाँच तलाको लायन्स भवनसहित तीन वटा भवनमा डोजर चलाएको हो।

Mayorsap

बिही, असोज १७, २०८१ | ०९:१८ बजे

भरतपुर ।  भरतपुर महानगरपालिकाले पुङ्गी खोला अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन थालेको छ। बुधबार विहान मेयर रेणु दाहालको उपस्थितिमा महानगरले नारायणगढमा ३ धुरमा बनेको पाँच तलाको लायन्स भवनसहित तीन वटा भवनमा डोजर चलाएको हो।

 

महानगरपालिकाले यसअघि २०८० वैशाख २१ गते पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो। भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घरटहरा लगायतका संरचना भत्काउने निर्णय गरेको थियो।

 

पुङ्गी खोलाको सिमाङ्कन र संरक्षण महानगरको गौरव परियोजनामा समावेश गरिएको छ। पहिलो चरणमा ३५५ मिटर क्षेत्रमा बोटविरुवा रोप्ने, वृक्षरोपण, फुटपाथ, रिटेनिङवाल, रेलिङसहितको संरचना निर्माण गरिने योजना रहेको छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology