सतर्कता अपनाउन काठमाडौं महानगरको आग्रह
No Author Assigned | ९ महिना अगाडि
काठमाडौं । लगातारको वर्षा र भारी वर्षाका कारण काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको भन्दै काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महानगरले नदी किनार, खोला र खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जमेको सडकमा प्रवेश नगर्न, र कोरिडोर, सडक किनारा तथा गल्लीमा सवारी पार्किङ नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
महानगरले डुबान, जमिन कटान, जनधनको क्षति हुनसक्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जलजन्य विपद् जस्तै डुबान, कटान, बाढी र पहिरोको जोखिम भएमा तत्काल सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ।
आपत्कालीन अवस्थाका लागि १६६००१०५५११ वा ११८० नम्बरमा सम्पर्क गर्न तथा महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा फोन गर्न सकिने महानगरले जानकारी गराएको छ।
