Ad Image

सप्तकोसीमा पानीको बहाव उच्च, बिहारका ८ जिल्लाका गाउँपालिकाहरूमा सर्तकता अपनाउन आग्रह

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1727498634.png

विराटनगर ।  निरन्तरको वर्षाका कारण सप्तकोसी ब्यारेजमा पानीको बहाव उच्च भएपछि बिहारका आठ जिल्लाका विभिन्न गाउँपालिकाहरूमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ। 

 

बिहार सरकारको जलसंसाधन विभागले कोसी नदीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने सम्भावना रहेको भन्दै सुपौलको मरौना र प्रतापगञ्ज गाउँपालिका, सहरसाको बनमंका र सिरहा गाउँपालिका, मधेपुराको चौसा र उदाकिशुनगञ्ज गाउँपालिका, मधुवनीको लौकाहा र लखनौर गाउँपालिका, दरभंगाको सिंहवाडा र तारडीहा गाउँपालिका, भागलपुरको गोराडीह र खरीख, खगडियाको बेलदौर र गोगरी गाउँपालिका, र कटिहारको आजमनगर र बलरामपुर गाउँपालिकामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको हो।

 

शनिबार दिउँसो १२ बजे कोसी व्यारेज भएर ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने अनुमान गरिएको छ। कोसी व्यारेजमा पानीको बहाव बढेसँगै ५६ ढोका खुला गरिएको छ। बिहान ८ बजेको मापन अनुसार सप्तकोसीको पानीको बहाव ४ लाख १९ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

 

पानीको बहाव थप बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। प्रभावित गाउँपालिकाहरूमा आपतकालीन उद्धार र राहतका लागि तयारी अवस्थामा बस्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ।