Ad Image

तेकियो निर्वाचन अधिकृतको कार्यालयः रिक्त पालिकामै बसेर काम गर्ने

User Image Mayorsap | ७ महिना अगाडि
Image of storage/news/1729166528.jpg

काठमाडौं, कात्तिक १ । निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुको कार्यालय रहने स्थान तोकेको छ ।

आयोगले रिक्त रहेका स्थानीय तहका पदाधिकारी रहेकै पालिकाको कार्यालयमा निर्वाचन अधिकृत बसेर काम गर्ने गरी कार्यालयको टुंगो लगाएको हो । पालिका प्रमुख तथा उपप्रमुख रिक्त रहेको स्थानमा पालिकाकै भवनमा बसेर निर्वाचन अधिकृतले काम गर्नेछन् भने रिक्त रहेका वडा पदाधिकारीको निर्वाचनका लागि वडा भवनमै अधिकृतले बसेर काम गर्नेछन् । 

स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको

आयोगले मंसिर १६ गते निर्वाचन हुने गरी मिति तोकिसकेको छ । यसपटकको निर्वाचनमा कांग्रेस, एमाले, माओवादीसँगै नयाँ उदाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि भाग लिँदै छ ।