मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

स्तनपान कक्ष

बालेन शाह

मधुवन नगरपालिका

हिमाली गाउँपालिका

गोलबजार नगरपालिका

चक्रपथको जग्गा मिचेको भन्दै महानगरले भत्कायो कलंकी भाटभटेनीको पर्खाल

महानगरपालिकाले चक्रपथ (रिङरोड)को ‘राइट अफ वे’पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।

Mayorsap,विवेक मण्डल

शनि, कार्तिक १०, २०८१ | ०८:३७ बजे

काठमाडौँ 
कार्तिक १० गते,
काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ स्थित भाटभटेनीमा डोजर चलाएको छ ।
महानगरपालिकाले चक्रपथ (रिङरोड)को ‘राइट अफ वे’पर्ने क्षेत्र भाटभटेनीले प्रयोग गरेको भन्दै हटाउन आग्रह गर्दा नमानेपछि डोजर प्रयोग गरेर कम्पाउन्ड भत्काएको हो ।
चक्रपथको सडक सीमाभित्र पर्ने भए पनि मिचेर कम्पाउन्ड बनाएको पाइएपछि आज भत्काइएको नगर प्रहरी नाबव उपरीक्षक (डीएसपी) ईश्वरराज वाग्लेले जानकारी दिए ।
‘उहाँहरूले राइट अफ वे' मिच्नुभएको रहेछ भने अर्को ९–१० फिट अग्लो पर्खाल लगाउनुभएको रहेछ । त्यो दुवै हटाएका हौं,’वाग्लले भने । उनले चक्रपथतर्फ रहेको कम्पाउन्ड सबै भत्काएको बताए ।
काठमाडौं–१४ कलंकी खसीबजार पश्चिमतर्फ खोला किनारमा रहेको भाटभटेनी सुपरमार्केटले मापदण्ड विपरीत लगाएको अन्दाजी २०० मिटर पर्खाल र २ वटा शौचालय महानगर प्रहरी बलबाट भत्काइ खाली गरिएको हो ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology