मेयरसाप

विद्यालय

डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजीनामा

निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त सुशासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

Mayorsap,विवेक मण्डल

शनि, कार्तिक १०, २०८१ | १४:०९ बजे

काठमाडौँ 
कार्तिक १०,

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नेकपा एमालेका नगर इन्चार्ज तथा वडा नं.९ का वडाअध्यक्ष कर्णदेव चौधरीले शुक्रबार नगर इन्चार्ज पदबाट राजिनामा दिएका छन् । 

निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार पालिकाबाट भ्रष्टाचार मुक्त सुशासन कायम गर्न असफल भएको भन्दै उनले बिहीबार नेकपा एमाले जिल्ला कमिटिलाई पत्र लेख्दै राजीनामा दिएका हुन् । 

‘स्थानिय तहको चुनावमा पार्टीको तर्फबाट भ्रष्टाचार नियन्त्रण,सुशासन कायम गर्ने प्रतिबद्धता जनतासंग गएपनि अढाई बर्ष वित्न लाग्दा पनि कायम हुन नसकेपछि पटक–पटक छलफल भएर सहमति पनि भएको तर,कागजकै खोस्टोमा सीमित रहयो कार्यान्वयन भएन’ चौधरीले भने,‘न्यूनिकरणको ठाउँमा अझै बढ्दै गएको छ ।’

उनले भ्रष्टाचार सुशासन कायम गर्न नसकेकोमा नगरप्रमुख रामलखन मलाह दोषी रहेको बताए । ‘यसमा नेतृत्व पंक्ति दोषी छ’ उनले भने ।
गत स्थानीय निर्वाचनमा नगरपालिको मेयर र उपमेयर समेत एमालेकै उम्मेदवार निर्वाचित भएको तथा आफु दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएपनि नगरपालिकामा बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्न असफल भएको पत्रमा उल्लेख गरेका छन् । 

उनी सो नगरपालिकाको वडा नं.९ पत्थरगाडामा दोश्रो पटक वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology