पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन
गाउँ पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताइन् । उनका अनुसार जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्नुपरेको थियो । त्यसबाहेक आर्थिक कारोबार र विकास निर्माणका काम रोकिएका छन् ।
Mayorsap,विवेक मण्डल
शनि, कार्तिक १०, २०८१ | १४:०२ बजे
काठमाडौँ
कार्तिक १० गते,
नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न समस्या भएको छ ।
गाउँ पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताइन् । उनका अनुसार जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्नुपरेको थियो । त्यसबाहेक आर्थिक कारोबार र विकास निर्माणका काम रोकिएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवले प्रदेश सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि हालसम्म हाजिर नभएको बताए ।
वडा नं ४ का अध्यक्ष रवीन्द्र सहानीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणलगायत अत्यावश्यक काम अगाडि बढाउन नसकिएको जानकारी दिए ।