Ad Image

स्थानीय तहहरुले बाेलाउन सक्छन् यी भेटेरिनरी चिकित्सक !

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730010595.jpg

काठमाडौँ । सरकारले भेटेनरी निरीक्षक तथा चिकित्सकहरुलाई संघ, प्रदेश र स्थानीय तहका विभिन्न स्थानमा खटाएकाे छ । आफ्नो स्थानीय तहभित्र काे भेटेरिनरी चिकित्सक होला भनेर जान्न चाहनुहुन्छ भने तलकाे फाइलमा गएर हेर्न सक्नुहुन्छ । 

कृषि तथा पुशपन्छी विकाश मन्त्रालयले हरेक जिल्ला, प्रदेश र देशभर कार्यक्षेत्र दिएर भेटेरिनरी चिकित्सकहरुलाई निरीक्षकका रुपमा फिल्डमा खटाएको हाे । 

यी चिकित्सकहरुले देशभरका स्थानीय तहसम्म पुगेर पशुको उपचार गर्ने र उपचारमा सहजीकरण गरिदिने छन् । मन्त्रालयका अनुसार देशभर ७६ जना चिकित्सकहरुलाई काममा खटाइएको छ । 

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९ जना , मधेशमा ८, बागमतीमा ११, गण्डकीमा १० लुम्बिनीमा ९, कर्णालीमा ३ र सूदुरपश्चिम प्रदेशमा ४ जना भेटेरिनरी निरीक्षण्क खटाइएको छ । 

मन्त्रालयले प्रदेशभर हेर्ने भनेर ११ जना र देशैभरका लागि भनेर १२ जना थप चिकित्सक पनि खटाएको छ ।