मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

डेंगी संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै,देशभर २७ हजार एक सय ५३ जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ ।

Mayorsap,विवेक मण्डल

बुध, कार्तिक १४, २०८१ | १५:५८ बजे

काठमाडौँ 
कार्तिक १४ गते,
नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१,सेरोटाइप–२,सेरोटाइप–३ सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट जन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
 

विगत सात वर्षअघि भने सेरोटाइप–१,सेरोटाइप–२,सेरोटाइप–३,सेरोटाइप–४ सक्रिय रहेका थिए । 'भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरुप सक्रिय रहेको पाइएको छ',उनले भने । 
 

शाखाका प्रमुख डा.दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कार्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए । 
 

डेंगी संक्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै,देशभर २७ हजार एक सय ५३ जनामा डेंगी संक्रमण देखिएको छ भने संक्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology