Ad Image

रविविरुद्ध चितवन प्रहरीमा पनि जाहेरी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732105917.png

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।

सहारा चितवन सहकारी ठगीको आरोपमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।


उनीहरुले सहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ ।


यसअघि यही मुद्दामा गितेन्द्रबाबु राईसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भइसकेको छ ।

३१९ बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

यसअघि नै रवीविरुद्ध पोखरा, रुपन्देही र काठमाडौंमा मुद्दा उजुरी परिसकेको छ । रबीविरुद्ध यसअघि काठमाडौंमा हुलाकमार्फत जाहेरी परेको थियो ।