धरानको काम छाडेर सरसफाई अभियान्ता राजमानको पक्षमा मत माग्न कीर्तिपुर घरदैलोमा हर्क साम्पाङ
Mayorsap
सोम, मंसिर १०, २०८१ | १७:०८ बजे
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ आफ्नो कार्यालयको काम नै छोडेर कीर्तिपुरको चुनावी मैदानमा उत्रिएका छन् ।
साम्पाङले कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारी दिएका राजमान महर्जनलाई जिताउन कीर्तिपुरबासीलाई अनुरोध गरेका छन् । आइतबार कीर्तिपुर आएका मेयर साम्पाङ राजमान मानवसँगै मत माग्न घरदैलोमा हिँडेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयरमा निर्वाचित साम्पाङले आफूले जस्तै महर्जनले पनि कीर्तिपुरवासीको पक्षमा काम गर्ने भन्दै मतदाता फकाउन व्यस्त भए । साम्पाङलाई कीर्तिपुरमा राजमान पक्षले भव्य स्वागत गरेका थिए । खादा र माला लगाउन नरुचाउने साम्पाङ हिजो आइतबार र आज सोमबार भने खादा तथा मालामा पनि सजिएका थिए । कीर्तिपुरमा मेयरमा उठेका राजमान मानव सरसफाई अभियानकर्मी पनि भएकाले मेयर हर्कसँग उनको सम्बन्ध मिलेको देखिन्छ ।
कीर्तिपुरमा मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका लागि पनि निर्वाचन हुन लागेको हो । आउँदो मंसिर १६ गते कीर्तिपुर नगरपालिकासहित विभिन्न स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै छ ।
राजमान महर्जनका चुनावी एजेण्डा के के छन् त ? हेर्नुहाेस् याे भिडिओ