मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

बीरगञ्जमा भब्य रुपमा आयाेजना भयाे छात्राहरूकाे आत्मरक्षा तालिम, शेट्टीले दिए प्रशिक्षण

हाेला त विश्व रेकर्ड

Mayorsap

बुध, कार्तिक २८, २०८१ | १५:१७ बजे

वीरगञ्ज, कात्तिक २८ः वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ ।

 

वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

 

वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गर्नुहुँदै सरकारले महिला सशक्तिकरणका लागि दीर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

 

उहाँले वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने बताउनुभयो ।

 

नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर नि:शुल्क रुपमा तालिम दिँदा दुई देश बीचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने नीति लिएको बताउनुभयो । 
 

खानेपानी मन्त्री यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने दाबी गर्नुभयो ।

 

कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरुलाई दिएको आजको तालिम शुरुवात मात्रै भएको बताउँदै अब प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाको लागि मार्शल आर्टस् सम्बन्धी तालिम दिइने बताउनुभयो ।

 

नगर प्रमुख सिंहले आजको मितिसम्म वीरगंज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिनुभयो ।

 

यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड बनाएको थियो ।

 

सो अवसरमा नगरप्रमुख सिंहले आफूले निर्वाचनको बेला वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिँड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताउनुभयो ।

 

उहाँले  भन्नुभयाे, ‘वीरगञ्जका कोही पनि छोरीचेली डराएर हिँड्नु पर्ने अवस्थाको अन्त्य हुन्छ । मान्छे त के मृत्यु पनि मे आई कम इन ? भनेर सोधेर आउनुपर्ने अवस्था बनाउँछ ।’ 

 

कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएको धन्यवाद दिँदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैँले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताउनुभयो ।

 

तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिइने यो प्रशिक्षणबाट भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो भएकाे बताउनुभयाे ।

 

उहाँले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जीवन संकटमा परेको बेला महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

 

महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दूत देबी सहाय विणालगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।


 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology