मेयरसाप

नगर बस

लुम्बिनी विकास कोष

विनयी त्रिवेणी गाउँपालिका

भैरवी गाउँपालिका

रामनगर गाउँपालिका

सत्यवती गाउँपालिकाको पशुपालनमा आकर्षित योजना, गाई सुत्केरी भएपछि १० हजार अनुदान

२०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको बाच्छी पहिलोपटक सुत्केरी हुनुपर्ने सर्त

Mayorsap

शुक्र, मंसिर २१, २०८१ | १२:२५ बजे

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकाले आफ्नो घरमा पालेको बाच्छी सुत्केरी भएमा किसानलाई १० हजार रुपैयाँ दिने भएको छ । किसानलाई पशुपालन र बाच्छी हुर्काउन प्रोत्साहन गर्न सत्यवतीले सो कार्यक्रम ल्याएको हो ।

 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममै सत्यवतीले समेटेर किसानलाई पशुपालनमा आकर्षित गराउन सो कार्यक्रम ल्याइएको जनाइएको छ ।

 

स्वीकृत कार्यक्रमअनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि घरमै पालेको बाच्छी पहिलोपटक सुत्केरी हुँदा किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिइनेछ ।

 

तर, यसमा केही सर्त भने राखिएको छ । २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको बाच्छी पहिलोपटक सुत्केरी हुनुपर्ने सर्त रहेको छ । यसका लागि असोज ५ गतेसम्म आफूले पालेको बाच्छीबारे पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्नेछ ।

 

बाच्छी पहिलोपटक सुत्केरी भएपछि निवेदन, तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउँ र बच्चा स्पस्ट देखिने फोटो र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्टको आधारमा किसानको बैंक खातामा पालिकाले रकम जम्मा गरिदिनेछ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology