मेयरसाप

तिलागुफा नगरपालिका

रास्कोट नगरपालिका

चिरिबाबु महर्जन

नलगाड नगरपालिका

भजनी नगरपालिका

कर्णाली याक्सको रोमाञ्चक पहिलो जित, चितवन राइनोज ६ विकेटले पराजित

१३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

Mayorsap

शुक्र, मंसिर २१, २०८१ | १३:०८ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित हाँसिल गरेको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै  रोमाञ्चक जित हात पारेको हो ।


टीयू क्रिकेट मैदानमा चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले एक बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

 

कर्णालीका ओपनर शिखर धवनले सर्वाधिक ४५ रन जोडे । उनले देव खनालसँग ५३ र चाडविक वाल्टनसँग ५५ रनको साझेदारी गरेका थिए ।


देव २४ र वाल्टन ३० रनमा आउट भएका थिए । जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।

 

अन्तिम ओभरमा कर्णालीलाई जीतका लागि ९ रन आवश्यक थियो । क्रिजमा थिए मक्सुद र अर्जुन । सुरुवाती ३ बलमा अर्जुनले लगातार २ रन लिँदै जीतका लागि आवश्यक रन र बल बराबर गरेका थिए ।

 

चौथो बलमा अर्जुन रन आउट हुन पुगे । त्यसपछि कर्णालीलाई जीतका लागि २ बलमा ३ रन आवश्यक थियो । अन्तिम ओभरको पाँचौं बलमा मक्सुदले चौका हान्दै कर्णालीलाई जीततर्फ दोहोर्‍याए ।

 

बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।

 

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो ।

 

चितवनका रवि बोपाराले अर्धशतक पूरा गरे । उनी ५९ रनमा अविजित रहे । कप्तान कुशल मल्ल २३, विपीन रावल ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

बलिङमा कर्णालीका विपप्न शर्माले ३, जिशन मक्सुदले २, कप्तान सोमपाल कामी र नन्दन यादवले एक-एक विकेट लिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology