मेयरसाप

स्थानीय तह

बजेट

राप्ती गाउँपालिका

जानकी गाउँपालिका

तिला गाउँपालिका

गोठालो भत्ता

आलु

महानगरको ३७ औँ कार्यपालिका बैठकमा मेयर बालेन र वडा अध्यक्षबीच भनाभन

बैठकमै लगाए मुर्दाबादको नारा

Mayorsap

आइत, मंसिर २३, २०८१ | १७:१८ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकमा मेयर बालेन शाह र वडा अध्यक्षबीच भनाभन भएको छ । आज प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकमा वडाअध्यक्षहरुसङ्ग सवालजवाफको क्रममा केही भनाभन भएको हो ।

काठमाडौँ महानगरको वडा नं. ५ र ७ पर्ने धोबिखोला करिडोर मा स्केट बोर्ड बनाउने विषयमा वडाको छलफलनै नभई महानगरले पत्र पठाएको र स्केटबोर्डको सट्ठा पार्क बनाउन पर्ने भन्ने स्थानियको भनाई रहेको विषयमा केही सवालजवाफ भएको थियो । यस्तै समाचारहरुमा आएको महानगरको बजेटको विषयलाई लिएर पनि केही सवालजवाफ भएको थियो । जवाफमा मेयर बालेनले त्यस्ता गलत समाचारकोे भर नपर्न आग्रह गरे ।

बैठकमा एक वडाअध्यक्षले नेकपा एमालेलाई फोहोर गरे वापत एक लाख रुपैयाँ जरिवाना तिराउन नियोजित ढँगले पत्र काटिएको भन्दै बैठकमै मुर्दाबादको नारा लगाएका छन् । अन्य पाटीले पनि कार्यक्रम गरेका छन, नारा जुलुस गरेका छन्, फोहोर गरेका छन, एमालेलाई मात्र जरिवाना किन ? भनेर प्रश्न गरेका छन् । उक्त काटिएकोे पत्र यसै बैठक बाट खारेज गर्न पनि माग गरेका छन् । तत्पश्चात् मेयर बालेनले उक्त प्रश्नको जवाफ दिन र समस्याको समाधान गर्न प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी दिँदै बैठक समापन भएको जानकारी दिए ।  

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology