मेयरसाप

स्थानीय तह

बजेट

ललितपुर महानगरपालिका

सखुवा प्रसौनी गाउँपालिका

कालीगण्डकी गाउँपालिका, स्याङ्जा

सामुदायिक विद्यालय

मर्स्याङ्दी गाउँपालिका

बन्दीपुर र घिरिङ गाउँपालिकामा दुई सबस्टेसन सञ्चालनमा

Mayorsap

बुध, मंसिर २६, २०८१ | १७:५० बजे

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।


जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान गर्नुका साथै ११ केभी लाइन निर्माण गरिएको हो ।


सामुदायिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित क्षेत्रमा हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, नदी तटबन्द निर्माणलगायत ६३ वटा परियोजना सम्पन्न भएका छन् भने १० परियोजना सञ्चालित रहेका जलविद्युत् आयोजनाका सञ्चार विज्ञ सचिन गौतमले जानकारी दिए ।  


आयोजना प्रभावितको जीविकोपार्जन तथा आयआर्जन वृद्धिका लागि विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेका छन् । कम्पनीले आयोजननाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाब र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा एक सय २६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया अगाडि बढाएको उनले बताए ।  


निर्माण कम्पनीले चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो मुख्य बाँध निर्माण, चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृह, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण, मुख्य सुरुङ निर्माण भइरहेका छन् । 

 

मुख्य संरचनालाई तीन चरणमा विभाजन गरी निर्माण भइरहेको बतानउँदै निर्माणाधीन आयोजनाको समग्र प्रगति ६३ प्रतिशत रहेको आयोजनाका सञ्चार विज्ञ गौतमले जानकारी दिनुभयो । उनका अनुसार समग्र निर्माण विसं २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।


कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology