मेयरसाप

सम्पादकीय

कोहलपुर नगरपालिका

घरपझोङ गाउँपालिका

कमला नगरपालिका

स्थानीय तह

कीर्तिपुर नगरपालिका

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

Mayorsap

बिही, मंसिर २७, २०८१ | १४:३३ बजे

क्यालिफोर्निया। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिकमाथि अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ ।

 

सान फ्रान्सिस्कोबाट चीन जाने विमानमा चढ्ने तयारीमा रहेका ३९ वर्षीय यिन पियाओ झोउलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन् ।

 

अमेरिकी महान्यायाधिवक्ता मार्टिन एस्ट्राडाले भन्नुभयो, “ती प्रतिवादीले अमेरिकी कानुनविपरीत सैन्य अखडामाथि ड्रोन उडाएका र शिवरको आधारको फोटो खिचेका थिए।”

 

उनले भने, “हाम्रो राष्ट्रको सुरक्षा सर्वोपरि महत्वको छ र मेरो कार्यालयले हाम्रो देशको सैन्य कर्मचारी र सुविधाहरूको सुरक्षामा वृद्धि गर्नेछ ।”

 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार नियमित पत्रकार भेटमा यस सम्बन्धमा ‘सोधिएको प्रश्नमा आफूलाई जानकारी नभएको’ बताएका छन ।

 

चार्जिंग डकुमेन्टका अनुसार भ्यान्डेनबर्गमा रहेको डिटेक्सन सिस्टमले नोभेम्बरको अन्त्यमा १.६ किलोमिटर माथि उडेको ड्रोनलाई ‘ट्र्याक’ गरेको थियो ।

 

एलोन मस्कको स्पेसएक्स फाल्कन ९ रकेटका साथै क्षेप्यास्त्र परीक्षणसहित अन्तरिक्ष मिसनको प्रक्षेपण स्थलमा रहेका सुरक्षाकर्मीले झोउलाई उनको ज्याकेटमा लुकेको उपकरण (ड्रोन) सहित नजिकैको सार्वजनिक पार्कमा फेला पारेका थिए ।

 

अमेरिकी अधिकारीहरूले ड्रोनको जाँच गर्दा त्यसमा हवाई अडडाका तस्वीरहरू थिए ।

न्याय मन्त्रालयका अनुसार झोउ चिनियाँ नागरिक हुन र संयुक्त राज्य अमेरिकाको वैध स्थायी बासिन्दा हन । उनी फेब्रुअरीसम्म चीनमा थिए ।

 

सान फ्रान्सिस्कोको एक अदालतमा मङ्गलबार उपस्थित हुँदा झोउले यातायात सेवा प्रदान नगर्ने विमान दर्ता गर्न असफल भएको र राष्ट्रिय प्रतिरक्षा हवाई क्षेत्रको उल्लङ्घन भएको स्वीकार गरेका थिए ।

 

उनलाई आगामी केही हप्तामा लस एन्जेल्सस्थित अमेरिकी जिल्ला अदालतमा उपस्थित गराइने बताइएको छ ।

 

झोउलाई जमानतमा रिहा गर्ने अदालतको निर्णयविरुद्ध अभियोजकहरूले अपिल नगरेसम्म उनी हिरासतमा रहनेछन ।

 

वासिङ्टन र बेइजिङबीच नाटकीय रूपमा तनाव बढाउने राष्ट्रिय सुरक्षा घटनाको दुई वर्ष नबित्दै यो घटना भएको हो ।

 

सन् २०२३ को सुरुमा संयुक्त राज्य अमेरिकाले संवेदनशील अमेरिकी सैन्य प्रतिष्ठानहरूभन्दा माथि उडेको जासुसी बेलुन पत्ता लगाएको थियो र यसलाई गोली हानी खसालेको थियो ।

 

यस घटनाले चीनले महत्वपूर्ण गुप्तचरहरूलाई अमेरिकाविरूद्ध प्रयोग गरिरहेको छ भन्ने चिन्ता उत्पन्न गरेको छ अमेरिकी अधिकारीहरूले बताएका छन् भने बेइजिङले यो एक निजी हवाई उपकरण (जहाज) भएको बताएको छ ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology