ठूलीभेरी नगरपालिका-७ का ज्येष्ठ नागरिकलाई सम्मान र सहयोग वितरण
अशक्त, असहायका लागि स्थानीय सरकार छ भन्ने अनुभुति दिन यस कार्यक्रम गरिएको
Mayorsap
बिही, मंसिर २७, २०८१ | १९:०१ बजे

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका-७ जुफालका ३६ जना वृद्धवृद्धालाई सम्मान र सहयोग वितरण गरिएको छ। वडा भित्रका सत्तरी वर्ष नाघेका वृद्धवृद्धा र असहाय नागरिकलाई सम्मानसँगै सहयोग गरिएको हो ।
वृद्धवृद्धाहरुलाई फाइबर सिरक, इलेक्ट्रोनिक जग, च्यवनप्राश लगायतका सामग्रीहरू वितरण गरिएको हो ।
वडावासी ज्येष्ठ नागरिक अभिभावक हाम्रो पहिचान, वडावासी ज्येष्ठ नागरिकलाई सहयोग र सम्मान भन्ने नाराका साथ यस वर्षबाट कार्यक्रमको सुरु गएिकाले अब प्रत्येक वर्ष वडाले यस्तो कार्यक्रम गर्ने वडा अध्यक्षको भनाइ छ ।
त्यति मात्र नभइ अशक्त, असहायका लागि स्थानीय सरकार छ भन्ने अनुभुति दिनको लागी पनि यो कार्यक्रम गरिएको र अन्य वडाले पनि सिक्नुपर्ने अधयक्ष्को भनाई छ । डोल्पामा हिउँद सुरु भएर अत्याधिक चिसो बढेकाले न्यानो सिरक र बिजुली बत्तीबाट पानी तताएर पिउन सहज होस भनेर इलेक्ट्रोनिक जग बाँडिएको वडाले जनाएको छ। वडाको प्रशासनिक खर्चबाट ज्येष्ठ नागरिकलाई सहयोग गरिएको हो ।