मेयरसाप

सम्पादकीय

महाशिवरात्री

खोटेहाङ गाउँपालिका

धार्चे गाउँपालिका

संस्कृति

कमल गाउँपालिका

उपेन्द्र यादव

चार प्रदेशका प्रहरी प्रमुख हेरफेर

Mayorsap

शुक्र, मंसिर २८, २०८१ | १६:२६ बजे

काठमाडौँ। गृहमन्त्रीस्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका छन् ।

 

एसएसपीबाट डीआईजी बढुवा भएकाबाट दुई र अरु दुई गरी चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको हो । बिहीबार राति प्रकशित पदस्थापन तथा सरुवा सूचीअनुसार कोशी प्रदेशको प्रहरी प्रमुखमा राजन अधिकारी सरुवा भएका छन् । त्यहाँका चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) गएका छन् ।

 

प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रमुखका रुपमा सरुवा भए । त्यहाँका कुबेर कडायत कार्कीको ठाउँमा खटिएका छन् । अब उनले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।


बढुवा हुनेमध्ये भोलाबहादुर रावल गण्डकी प्रदेशमा पदस्थापित भएका छन् । अर्का नवनियुक्त डीआईजी गणेश चन्द सुदुरपश्चिममा पदस्थापन भएका छन् ।

 

यसअघि गण्डकी प्रदेशमा रहेकी दुर्गा सिंह प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र सुदुरपश्चिमका रवीन्द्र केसी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भए ।

 

अख्तियार अनुसन्धान विभागका डीआईजी बुद्धिराज गुरुङ एआइजीमा बढुवा भएर रिक्त रहेको दरबन्दीमा नवनियुक्त डीआईजी हिमालयकुमार श्रेष्ठको पदस्थापन भएको छ । डा.मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज सरुवा भएका छन् 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology