Ad Image

विराटनगरले दियो काठमान्डुलाई ११८ रनको लक्ष्य

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734239221.jpg

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

 

विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाडौंका ग्रेहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले दुई, तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एक/एक विकेट लिए ।