स्थानीय तहसँग मन्त्रालयले माग्यो कृषि स्नातक र पशु चिकित्सकको विवरण


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका सबै स्थानीय तहसँग कृषि स्नातक र पशु चिकित्सकसहितको विवरण मागेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कृषि मन्त्रालयले एक गाविस एक कृषि तथा पशुसेवा प्रविधिकरकृषि स्नातकरपशु चिकित्सकको विवरण मागेको छ ।
कृषि मन्त्रालयको पत्रअनुसार संघीय मामिला मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर उक्त विवरण पठाउन भनिएको हो । कृषि मन्त्रालय पठाएको माग बमोजिमको विवरण संलग्न ढाँचाअनुसार कृषि मन्त्रालयको बजेट तथा कार्यक्रम शाखामा विवरण पठाउन भनिएको छ ।
‘कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बजेट तथा कार्यक्रम शाखाको प.सं. २०८१/०८२. च.नं. यो. ब.का. /७६६ मिति २०६१/०८/२८ को पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ स्थानीय तहलाई संघीय मामिला मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ, ‘माग बमोजिमको विवरण संलग्न ढाँचाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बजेट तथा कार्यक्रम शाखाको इमेल [email protected] मा उपलब्ध गराई दिनुहोला ।’