सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
Mayorsap
बिही, पौष ४, २०८१ | १६:४५ बजे

लमजुङ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गरेका छन्। उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उनले आज उद्घाटन गरेको हो।
गण्डकी प्रदेश सरकारले रु. दुई करोड र गाउँपालिकाको दुई करोड गरी रु. चार करोड १४ लाख १२ हजार नौ सय ३९ को लागतमा भवन निर्माण भएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताएका छन् । भवनले दुई रोपनी चार आना जग्गा ओघटेको छ । नवनिर्मित भवनमा ३६ कोठा छन् ।