मेयरसाप

सम्पादकीय

महाशिवरात्री

मध्यपुर थिमि नगरपालिका

‘मेयरसँग युवा’

राष्ट्रिय प्रतिभा पुरस्कार

राजीनामा

छिन्नमस्ता गाउँपालिका

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ

Mayorsap

शुक्र, पौष ५, २०८१ | १२:१८ बजे

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषधसहित लेशका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरेको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ सिमानाको मेन गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका–८ मधुबन बस्ने ३३ वर्षीय केशब बलाल र २८ वर्षीय अर्जुन श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय चाकरचौडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु।१७ प १६३० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


यता सिराहाको सिरहा नगरपालिका–७ स्थित माँ भगवती बेकरी एण्ड स्विट हाउस अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३ ग्राम १ सय ९० मिलिग्राम सहित बिष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर बस्ने ३५ वर्षीय सुरेश कुमार महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले प्रदेश २–०१–००१ प ४८६ नम्बरको मोटरसाइकलका चालक महतोलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


त्यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम २७ मिलिग्राम सहित खजुरा गाउँपालिका–७ बस्ने २८ वर्षीय सवनम खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँके र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।


कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुर नवदुर्गा मार्ग बस्ने प्रमानन्द भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ७० ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भट्टले संचालन गरेको किराना पसलमा लागूऔषधको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले भट्टको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै भट्टको पसलबाट लागूऔषध खरिद गर्ने भिमदत्त नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कैलालीको धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–४ बस्ने बैतडी घर भएका २५ वर्षीय हेमन्त कार्की र धनगढी उपमहानगरपालिका–२ बस्ने बझाङ घर भएका २० वर्षीय पारस रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले हेमन्तलाई १ सय ३० मिलिग्राम र पारसलाई १ सय ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

झापाको झापा गाउँपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–७ बस्ने ३० वर्षीय सुनिल चौलागाईं र झापा गाउँपालिका–४ बस्ने २७ वर्षीय मोहमद अब्दुल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

साथै उनीहरूले प्रयोग गरेको को २० प ९१६१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology