Ad Image

दुर्गा प्रसाईंलाई सर्वोच्च झिकाइयाे , बन्दी प्रत्यक्षीकरणमा सुनुवाइ जारी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734685501.jpg

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

 

प्रसाईंका तर्फबाट निराजन प्रसाईंले दायर गरेको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रसाईंलाई अदालतमा झिकाउन आदेश दिएको थियो । त्यसपछि शुक्रबार प्रसाईंलाई अदालतमा झिकाइएको हो ।


उनको दोस्रो बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय डा‍. नहकुल सुवेदी र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।


प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

 

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।