Ad Image

एसीसी यू-१९ : नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1734687103.jpg

काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।

 

वर्षाले प्रभावित खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो ।


नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १-१ विकेट लिए ।

 

फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्ने छ ।

 

भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ ।