मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

बुढीगङ्गा गाउँपालिका

राजपुर गाउँपालिका

मिक्वाखोला गाउँपालिका

भजनी नगरपालिका

डाक्नेश्वरी नगरपालिका

अमेरिकाले आफ्नै नेभी पाइलटलाई झुक्किएर गोली हान्यो

दुवै पाइलट जीवित

Mayorsap

आइत, पौष ७, २०८१ | १४:५० बजे

वासिङटन डीसी । अमेरिकाले लाल सागरमा आफ्नै २ जना नेभी पाइलटमाथि गोली हानेको छ ।


यो घटनालाई अमेरिकाले ‘फ्रेन्डली फायर’ भनेको छ । अर्थात् अमेरिकाले भुलवश आफ्नै पाइलटलाई गोली हानेको हो । दुवै पाइलट जीवितै छन् । दुईमध्ये एक जनालाई सामान्य चोट लागेको बताइएको छ ।


तर यस घटनालाई लाल सागरमा स्थिति कति खतरनाक बन्दै गएको छ भन्ने रूपमा हेर्न थालिएको छ । इरान समर्थित हूथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमाथि लगातार हमला गरिरहेका छन् । अमेरिका र यूरोपेली सैन्य गठबन्धले यस क्षेत्रमा गस्ती गरिरहेका छन् । यसका कारण पनि तनाव बढ्दै गइरहेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएअनुसार गोलीबारीको समयमा हुथी विद्रोहीहरूलाई निशाना बनाएर हमला गरिएको थियो ।


यस घटनाबारे अमेरिकाले धेरै जानकारी शेयर गरेको छैन । घटनामा गोली लागेको एफरए–१८ भर्खरै यूएसएस ह्यारी एस ट्रुम्यान एयरक्राफ्ट क्यारियरबाट उडेको थियो । सेन्ट्रल कमान्डलाई डिसेम्बर १५ मा टु«म्यान मध्य पूर्व छिरेको थाहा थियो । तर सो विमान र क्यारियर लाल सागर थियो भनेर खुलाइएको थिएन । युद्ध मैदानमा जडाज रडार र रेडियो सञ्चार दुबैसँग जोडिएको हुन्छ । यस्तोमा आफ्नै विमानलाई दुस्मनको विमान र मिसाइल भनेर कसरी सोचियो भन्नेबारे स्पष्ट बताइएको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology