मेयरसाप

सम्पादकीय

कर्मचारी

महाशिवरात्री

धुर्कोट गाउँपालिका

प्रविधि

त्रिशूली

निस्दी गाउँपालिका

विनयी त्रिवेणी गाउँपालिका

त्रिवि सभाको अनौपचारिक बैठक निर्णय बिहिन

त्रिविको ५०औँ दीक्षान्त समारोहपछि पुनः बैठक राख्न निर्देशन

Mayorsap

आइत, पौष ७, २०८१ | १६:१२ बजे

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको अनौपचारिक बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे तीन घण्टासम्म चलेको बैठकका कुलपति केपी शर्मा ओलीले विद्यार्थीका ऐजेण्डामा केन्द्रित हुन निर्देशन दिएका छन्।  

 

अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्रिविको ५०औँ दीक्षान्त समारोहपछि पुनः बैठक राख्न निर्देशन दिए । उक्त बैठकमा विद्यार्थीका ऐजेण्डामा केन्द्रित भएर आउन र त्यसका लागि पूर्ण तयारी गरेर आउन भनेका हुन् ।


गत मंसिर २७ गते बसेको नीति अधिवेशनमा छलफल नपुगेको भन्दै ओलीले आइतबार बैठक बोलाउन निर्देशन दिएका थिए । सोही आधारमा आइतबार अनौपचारिक बैठक बसेको थियो ।

 

बैठकमा शिक्षक कर्मचारी, विद्यार्थी नेताहरूले आफ्ना तर्फबाट धारणा राखेका थिए । विश्वविद्यालय विद्यार्थी केन्द्रित हुनुपर्ने उनीहरूको धारणा थियो ।

 

कुलपति ओलीले सभा सदस्यहरूलाई आगामी बैठकमा लिखित एजेन्डा पेस गर्न भनेका हुन् । त्यस्तै त्रिविका पदाधिकारीहरूलाई बृहत् होमवर्क गरेर आउन भनेका हुन् ।

आइतबारको बैठक अनौपचारिक भएकाले कुनै निर्णय भने हुन सकेन ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology