मेयरसाप

केपी ओली

सिद्धिचरण नगरपालिका

नाम्खा गाउँपालिका

तिलागुफा नगरपालिका

स्थानीय तह

भाषा

एनपीएल फाईनल पछि क्रिकेट मैदान बाहिर युवकलाई कुटेको घटनाबारे प्रहरीले थाल्यो छानविन

Mayorsap

आइत, पौष ७, २०८१ | १६:४४ बजे

काठमाडौँ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबिच भएको अन्तिम खेल सकिएपछि त्रिवि क्रिकेट मैदान बाहिर युवकमाथि भएको कुटपिटबारे प्रहरीले छानबिन थालेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका हुन् । यु–१९ समूहमा क्रिकेट समेत खेल्ने सिंहको दुवै हात र शरीरको विभिन्न भागमा चोट लागेको छ ।


जनकपुर बोल्ट्सले जितेपछि उनी विरुद्ध अन्य टिमका समर्थकले कुटपिट गरेको आरोप छ । घटनाबारे छानबिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘त्यसबारे छानबिन भइरहेको छ ।’


जनकपुर बोल्ट्सका समर्थकले उनलाई ‘मधेशी’ भनेर नश्लीय साम्प्रदायिक व्यवहार गरेको आरोप छ । दरबार हाइस्कुलमा १२ कक्षामा पढ्ने अमनको वीर अस्पतालमा उपचार हुँदैछ ।  भिडले कुटपिट लछारपछार गर्दा दुवै हात भाँचिएको भनेर मधेशी आयोगमा उजुरी परेको छ । उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाहले बताए ।


सद्भाव बिथोल्न खोजेकोको घटना अस्वीकार्य भएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले पनि आरोपीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनले भनेका छन्– ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुःख लाग्ने खालको छ, सरकारले यसमा तुरुन्तै कारबाही अगाडी बढाओस् ।’


जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि सो घटना छानविन गर्न माग गरेका छन् ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology