काठमाडौंका सडकको धमाधम कालोपत्र ‘ल्याब टेस्ट’ हुँदै
Mayorsap
सोम, पौष ८, २०८१ | १३:०० बजे
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निर्माण भएका र मर्मत भएका सडक गुणस्तर परीक्षण गर्न ‘कोर कटिङ’ नमुना प्रयोगशाला पठाउन थालिएको छ ।
महानगरका अनुसार यसबाट कालोपत्र गर्न प्रयोग गरिएको बिटुमिनको मात्रा तथा गुणस्तर, कालोपत्रको मोटाइ, कम्प्याक्सन (खँदिलोपना), निर्माण सामग्री मिश्रण मात्रा हेरिन्छ ।
सडकको दायाँ भाग, केन्द्र भाग र बायाँ भाग गरी विभिन्न स्थानबाट परीक्षणका लागि कटिङ गरिन्छ । महानगर उपप्रमुख एवं अनुगमन समिति संयोजक सुनिता डंगोलका अनुसार योजना सम्पन्न भएपछि यसको गुणस्तर सुनिश्चित गर्न प्रचलित कानुनले दिएका सूचकहरूको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेकाले परीक्षण गर्न पठाउन थालिएको हो ।