मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

तुर्माखाँद गाउँपालिका

रावा बेसी गाउँपालिका

अस्पताल

पोखरा महानगरपालिका

सगरमाथा

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

Mayorsap

मंगल, पौष ९, २०८१ | १२:४४ बजे

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको केही स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सफा रहने जानकारी दिए ।

 

उनले तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु/कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरेका छन् । उनले मौसम भोली बुधबारसम्म बदली रहने र अधिकतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताए। 
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology